नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै नेता दाहालले एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्।

रौतहटको जंगलसैयामा कटहरिया–जंंगलसैया–धनसर सडक खण्डको उद्घाटन गरेपछि जंगलसैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री प्रभु साहले रौतहटको क्षेत्र नम्बर ३ लाई सडक पूर्वाधार, उद्योग, पर्यटन र भारतसित सम्पर्क गराउन आफू लागी परेको बताए।

कार्यक्रममा स्थानीयबासीले दाहाललाई ५५ किलोको फूलको माला लगाएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार