नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडाैं उपत्यकामा पर्ने ललितपुर जिल्लामा कुनैपनि कर नतिर्न उर्दी जारी गरेको छ ।
नेकपाकाे अाफ्नै सत्ता मानिने जिल्ला जनपरिषद लतिपुरले आइतबार एक वक्तव्य जारी गर्दै यस्तो उर्दी जारी गरेको हो ।
जिल्ला जनपरिषदका प्रमुख धु्व्र अधिकारीले जारी गरेको वक्तव्यमा संसदीय दलाल सत्तालाई बहिष्कार गर्न र नयाँ समाजवादी सत्ताको स्थापनामा सहयोग पुर्याउन अपिल गरेका छन् ।
अधिकारीद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ यस्ताे छ –








