नयाँ शक्ति पार्टी, नेपालले सबै स्थानीय तहमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गरेकाे छ ।

नयाँ शक्तिले संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमूना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठनगरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।

यता नयाँ शक्तिकाे संघीय महाधिवेशन आगामी २०७५ फागुन १०–१५ मा हुने भएको छ ।

२०७५ साललाई महाधिवेशन वर्षकोरुपमा मनाउन निर्णय गर्दै नयाँ शक्तिले भदौ र असोजमा स्थानीय तहको सम्मेलन गर्ने, मंसिर र पुसमा प्रादेशिक अधिवेशन गर्ने र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय लिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त पार्टीका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा फागुन १९–२० गते काठमाडौंमा सम्पन्न पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै बैठकले हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार