
नेपाल कम्युनिस्ट पार्टीकाे अाफ्नै सत्ता मानिने जिल्ला जनपरिषद (जनसत्ता), नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेको छ ।
जनपरिषद नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाईलाई राजीनामा माग पत्र समेत थमाएको बताइएको छ ।
महत हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर आएदेखिनै उनले भ्रष्टाचार, कमिशनखोर र दलालहरुको संरक्षण गर्ने गरेको भन्दै उनको राजीनामा माग गरिएको नेकपा मकवानपुरका इन्चार्ज ज्वालाले बताएका छन् ।
जनतालाई शान्ति सुरक्षा र सुख दिनु पर्ने जिम्मेवारी बोकेका मेयर महतले जनतालाई सास्ती दिएर दलालहरुको संरक्षण गरिरहेको नेकपाकाे अाराेप रहेकाे छ ।
मेयर महतले जनताको सेवाको लागि काम गर्नु साटो जनतालाई दुःख मात्रै दिइरहेको ज्वालाले दाबी गरेका छन् । मेयर महतले तत्काल राजीनामा दिए मात्रै नगरवासी जनताको भलो हुने इन्चार्ज ज्वालाको भनाई छ ।
राजीनामा माग पत्रमा उल्लेख भए अनुसार, महतले राजीनामा नदिएमा उनलाई जनकारबाहीको चेतावनी समेत दिइएको छ ।







