नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले जग्गा कब्जामा लिएका छन् ।
चाँगुनारायण नगरपालिका ७ मा रहेको संजय उप्रेतीको तीन रोपनी ३ आना जग्गामा नेकपाका कार्यकर्ताले झन्डा गाडेका हुन् ।
उक्त जग्गा काठमाडौ लाजिम्पाटमा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारीबाट लिलाम बढाबड गरी उप्रेतीले खरिद गरेका थिए । उप्रेती सोही सहकारीका उपाध्क्षय पनि हुन् ।
अनियमित ढंगले सहकारीले जग्गाको लिलाम गरेको दाबी गर्दै नेकपा, भक्तपुरले जग्गा कब्जामा लिएको बताइएको छ ।







