नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले ओली र प्रचण्डले भन्ने गरेको समाजवाद वास्तविक समाजवाद नभइ दलाल पुँजीवादमा आधारित प्रतिक्रियावादी  समाजवाद भएकाे बताएका छन् ।

सोमबार ललितपुरको कुपण्डोलमा क्रान्तिकारी माओवादीको काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको “शहीद वेपत्ता परिवार सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।

नेपालमा नयाँ ढंगले प्रतिक्रान्ति हुन पुगेको बताउँदै नेता गजुरेलले क्रान्तिको मूल नेतृत्वनै प्रतिक्रान्तिको पनि मूल नेतृत्व बन्न पुगेको कुरा बताए।

‘दशवर्ष लामो जनयुद्ध देशमा जनगणतन्त्र ल्याउनको लागि भएको स्मरण गर्दै नेता गजुरेलले त्यो उद्देश्य तर्फ क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर मात्र शहीद, वेपत्ता तथा घाइते योद्धा लगायत परिवर्तनका पक्षधर जनताको सपना पुरा गर्न सकिन्छ ।’ नेता गजुरेलले भने -‘यसरी मात्रै साँचो अर्थमा सम्मान पनि हुन सक्छ । शहीद तथा वेपत्ता योद्धाहरुको सपना पुरा गर्न हामी बाँचेकाहरुको दायित्व हो ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार