एकीकृत जनक्रान्ति गर्ने भनेर नयाँ अभियानमा लागेका नेत्र विक्रम चन्द विप्लवलार्इ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै क्रान्ति गर्न नसक्ने अाराेप लगाएका छन् ।

अाज राजधानीमा नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै गरेकाे कार्यक्रममा प्रचण्डले यस्ताे अाराेप लगाएका हुन् ।

‘केही साथीहरुले क्रान्ति गर्न रहर गरेका छन् । उनीहरुले माखो मार्दैनन् ।’ प्रचण्डले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको नामै नलिई भने ।

माओवादीको मूल नेतृत्वले क्रान्ति र जनयुद्धलाई धोका दिएको भन्दै विप्लव नेतृत्वकाे नेकपाले ‘एकीकृत क्रान्ति’ को सिद्धान्तअगाडि सारेको छ ।

प्रचण्डले अहिले सवै कम्युनिष्टहरू जसरी पनि एक हुने बेला आएको बताए ।

‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन ।’ प्रचण्डले भने, ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार