जनयुद्धका घाइते तथा अपाङ्गहरूले जनयुद्धका सपना पूरा गर्न एकीकृत जनक्रान्तिलार्इ सफल बनाउन लड्ने नेताहरूलार्इ हवाइजहाजमा चढाउन तयार रहेकाे बताएका छन् ।

नेकपा र क्रान्तिकारी माअाेवादीद्धारा चितवनमा जनयुद्धका घाइतेअपांग तथा सहिद परिवारहरूलार्इ सम्मान गर्न अायाेजित कार्यक्रममा जनयुद्धका घाइते याेद्धाहरूले यस्ताे बताएका हुन् ,

साे कार्यक्रममा क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरणप्रति इङ्गित गर्दै घाइते तथा अपाङ्ग समाजका प्रतिनिधि अमरले जनयुद्धमा आफ्नो नेताहरूलाई डोकोमा बोकेरै मोर्चामा सामेल भएको स्मरण गर्दै अमरले एकीकृत जनक्रान्तिलाई सफल बनाउन नेताहरूलाई हवाईजहाजमा पनि चढाउन तयार भएको धारणा राखे ।

क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य अम्बिका मुडवरीको अध्यक्षतामा सम्पन्न उक्त अन्तक्र्रिया कार्यक्रमको संचालन नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसीले गरेका थिए भने सेक्रेटरी धु्रबले स्वागत गरेका थिए ।

सहिद–सप्ताहको अवसर पारेर नेकपा र क्रान्तिकारी माओवादीको शनिबार देशव्यापी संयुक्त अन्तक्र्रिया तथा सहिद परिवारलाई अभिनन्दन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार