
नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य चन्द्रबहादुर चन्द विरजंगले प्रधानमन्त्री केपी ओली माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पूर्जी टास्ने चेतावनी दिएका छन् ।
नेता चन्दले पछिल्लो समय राज्यले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुका घरमा पुर्जी टास्ने र अनावश्यक धरपकड गर्ने गरेर कमजोर भएको महसुस गरेको भन्दै प्रचण्डले भ्रष्टाचार निर्मुल पार्ने भनेर दिएको अभिव्यक्ति हास्यास्पद रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले आयोजना गरेको सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रममा बोल्दै नेता चन्दले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला तथा अन्य नेताहरुको घरमा पक्राउ पूर्जी टाँसेर दमन गर्न खोजेको बताए ।
कार्यक्रममा जिल्ला इन्चार्ज शरद वली, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक, सहिद तथा बेपत्ता परिवार समाजका अध्यक्ष जया पौडेल लगायतले सहिदका सपानाहरु पूरा गर्न दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।







