एमालेमा पार्टी अध्यक्ष केपी शर्मा अाेलीले राष्ट्रपतिमा पुन विद्या भण्डारीलार्इ अगाडि सारेपछि झलनाथ खनाल अाेलीप्रति अागाे बनेका छन् ।

खनालले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी अाेलीले पार्टी चलाउन खाेजेकाे भन्दै यस्ताे आरोप लगाएका थिए ।

‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको छु, अरू नेताले पनि पद्धतिका आधारमा पार्टी चलाएका थिए, तर तपार्इंले सबै पद्धति मिच्नुभएको छ, कुनै नेताको राय पनि लिनुनपर्ने यो पार्टी के तपाईंको घर हो ?’ उनको प्रश्न थियो ।

खनालले आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको र यो विषयमा पार्टीको आधिकारिक निकायमा छलफल हुनुपर्ने प्रस्ताव पनि राखेका थिए । खनालको आक्रोशलार्इ ओलीले खासै ध्यान नदिएपछि खनाल अाक्राेशित भएका हुन् ।

एमालेमा वर्तमान राष्ट्रपतिलाई दोहोर्‍यानुपर्ने पक्षमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ, सुवास नेम्बाङ, शंकर पोखरेल किरण गुरुङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपानेले धारणा राखेका थिए। त्यस्तै, खनालको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे बोलेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावलले पार्टी सञ्चालन पद्धति र शैलीका विषयमा ओलीको आलोचना गरे पनि राष्ट्रपति उम्मेदवारको विषयमा कुनै तर्क नराखेकाेे उच्च स्राेतले बतायाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार