पुर्नगठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले केपी अाेली र प्रचण्डलार्इ मुर्ख र हुस्सुकाे संज्ञा दिएका छन् ।

एमाले र माअाेवादी केन्द्रकाे पार्टी एकतापछि बन्‍ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्न खाेजेकाे भन्दै किरातीले उनीहरूलार्इ  मुर्ख र हुस्सपनाकाे संज्ञा दिएका हुन् ।

किरातीले उक्त नाम यसअघि विप्लव र ऋषि कट्टेलले राखिसकेको र निर्वाचन अायोगमा दर्ता नै भएको तरपनि फेरि उही नाम राख्छौं भन्‍दै हिड्‍ने एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड मुर्ख र हुस्सु भएको अारोप लगाएका छन् ।

एक संचारमाध्यमलाई दिएको अन्तरवार्तको क्रममा संयोजक किरातीले ओली र प्रचण्डले जनतालाई ढाँट्नको लागि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्न लागेको समेत बताएका छन् ।

“यो त जनतालाई ढाँट्नका लागि मात्रै हो । अहिले जनता कम्युनिष्ट पार्टीप्रति आकर्षित छन् । अर्को नाम राख्यो भने जनतालाई ढाँट्न पाइदैन” किरातीले भने । नेकपा एमाले र माओवादीको एकतालाई दक्षिणपन्थी काण्ड भन्दै आएका नेता किरातीले माओवादी केन्द्र पुर्नगठन गरेका छन् । गणतन्त्र स्थापनासम्म प्रचण्ड क्रान्तिकारी नेता भएको तर अहिले सम्भ्रन्त वर्गमा परिणत भएको बताए ।

संयोजक किरातीले अाफूले सडकबाटै सच्चा सर्वहारावादी संगठन निर्माण गर्ने बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रचारमा आउनको लागि तमासा गर्दै आएको बताउँदै अाफूहरु त्यसो नगर्ने किरातीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार