नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकटका महिला संगठनहरुले देशैभर संयुक्त रुपमा ¥याली र कोणसभासहित १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।

अनेमसंघ क्रान्तिकारी र अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा बिहीबार काठमाडौंको शान्तिवाटिकामा कार्यक्रम सम्पन्न भएकाे छ ।

सयौं क्रान्तिकारी महिलाहरु सहभागी हुने यो कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाकका केन्द्रीय सदस्य अाजाद लगायत दुवै संगठनका नेताहरुले सम्बोधन गरेेका छन् ।

यसैगरी अाजै नेकपा र क्रान्तिकारी माअाेवादीका महिला संगठनहरूले चितवन, राेल्पालगायत देशैभरि अाठमार्च कार्यक्रम मनाएका छन् ।

क्रान्तिकारी महिलाहरुले १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरलगायत कार्यक्रम लिएर महिलाहरूले अान्दाेलन गरेका छन् ।

त्यसबाहेक महिलाहरूले राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी, पैत्रिक सम्पत्तिमा विनासर्त समान अधिकारको कानुन, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर्ने, वैदेशिक रोजगारीको नाउमा हुने मानव तस्करी बन्द गर्ने कार्यक्रमहरू पनि अान्दाेलनकाे रूपमा तय गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार