बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्बर ९ काे कार्यालयमा अाज विहीबार शक्तिशाली बम विस्फाेट भएकाे छ ।

नगरपालिका प्रमुख हरि प्रसाद पासीले बाढी पीडितकाे नाममा अाएकाे ६० लाख रुपैया भ्रष्टचार गरेकाे जनगुनासाे अाइरहेकाे अबस्थामा अाज फागुन २४ गते उक्त कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको हाे ।

उक्त बिस्फोटकाे जिम्मेवारी कसैले नलिए ता पनि पर्चामा भ्रस्टाचार गरेकोले चेतावनी स्वरुप याे कार्बाही गरिएको र नसुध्रिए अझै ठूला कार्बाही गरिने कुरा उल्लेख छ ।

स्थानीय जनताको भनार्इमा भ्रस्टाचार गरेकाेले यस कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीले कार्वाही गरेको हुन सक्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार