नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले एमाले र माओवादी केन्द्र दुवै दक्षिणपन्थी पार्टी भएकोले उनीहरुको बीचको एकता तथा गठबन्धनलाई वामपन्थी एकता वा गठबन्धन भनेर जनतामा भ्रम मात्र छरिएको बताएका छन् ।

????????????????????????????????????

एमाले र माके दुवैले माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत सैद्धान्तिक मान्यताहरुलाई परित्याग गरेर दक्षिणपन्थी बुर्जुवा पार्टीमा परिणत भइसकेकोले उनीहरुबीचको गठबन्धन वा एकतालाई वामपन्थी भनेर भन्नु जनतालाई भ्रमित तुल्याउनु मात्रै भएको नेता गजुरेलकाे भनार्इ थियाे ।

नेता गजुरेलले नेपालमा कम्युनिष्ट तथा वामपन्थी जनमत निकै ठूलो रहेकोले त्यसलाई भजाएर खान मात्र एमाले–माकेले कम्युनिष्ट तथा वामपन्थी साइनबोर्ड झुण्ड्याएको आरोप लगाए ।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता गजुरेलले वर्गमुक्ति विना शोषण, विभेद र उत्पीडनमा परेका महिलाहरुमो मुक्ति हुन नसक्ने तर्क गरे ।

दशवर्षे महान जनयुद्धले उत्पीडित नेपाली महिलाहरुलाई राजनीतिको मूलधारमा स्थापित गराउन ठूलो भूमिका खेलेको चर्चा गर्दै नेता गजुरेलले तर जनयुद्धको नायक नै खलनायकमा बदलिएपछि जनयुद्धका महान उपलब्धिहरु गुम्दै जाँदा महिलाहरुले पाएको अधिकार पनि खोसिएकाे बताए।

कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार