
माअाेवादी केन्द्रकाे एउटा गुटबाट नेता कृष्णबहादुर महरामाथि ठूलाे हमला गरिएकाे छ ।
सभामुखमा महराकाे नाम अगाडि सारिएपछि उनीमाथि माअाेवादी केन्द्रमा प्रचण्ड र जनार्दन शर्मा प्रभाकरकाे लगानीमा चलेकाे भनिएकाे राताेपाटी अनलाइनले महरालार्इ ‘अपारदर्शी’ र ‘षडयन्त्रकारी’ भन्दै हमला गरेकाे छ ।
यस्ताे हमलामा प्रचण्डकाे समेत भित्री हात हुन सक्ने देखिएकाे छ । ‘टिप्पणी : प्रचण्ड तपार्इलार्इ के बाध्यता छ ?’ भन्ने शीर्षकमा महरालार्इ ‘पाेलिटिकल बिजनेसका धनी’ भन्दै महरामाथि अाक्रमण गरिएकाे छ ।
नेता महरामाथि हमला गर्न राताेपाटी अनलाइनले लामाे स्टाेरी लेखेर शुरूमै ‘अपारदर्शी र षडयन्त्रकारी’ काे संज्ञा दिएकाे छ । महरालार्इ बेइजिङ र दिल्लीकाे दाहिने बनेकाे गंभीर अाराेप लगाइएकाे छ ।
प्रचण्ड र जनार्दनकाे लगानीमा चलेकाे राताेपाटी अनलाइनले यसरी महरामाथि हमला गरेकाे छ । यस्ता छन् संगीन अाराेपहरू :
-‘अपारदर्शी र षडयन्त्रकारी । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका लागि पालैपालो उपयोगका पात्र । मूल नेतृत्वलाई दबाब र घेरबन्दीमा पारेर बारम्बर लाभको पद प्राप्ति । मन्त्री हुँदा विभिन्न व्यपारीको हितमा काम । कहिले प्रचण्डको कित्तामा कहिले वैद्यको कित्तामा । कहिले बेइजिङको आफ्नो, कहिले दिल्लीको साइनो ।’
-मोहनविक्रम सिंहले नारायणकाजी श्रेष्ठलाई ‘राजनीतिक व्यापारी’ भन्छन् । माओवादी आन्दोलनमा महराको ठूलो योगदान होला तर उनले जति लिएका छन्, त्यो मोहनविक्रम सिंहकै भाषामा भन्ने हो भने ‘राजनीतिक व्यापारी’ भन्दा कम छैन । ‘राजनीतिक व्यापारी’को चरित्र आफ्नो हितका लागि जे पनि गर्न तयार हुने हो । नाफा–घाटाको तराजुमा बसेर राजनीति गर्ने हो ।
-५० करोडको टेपकान्ड होस् वा टेलिकम कम्पनीलाई लाइसेन्स दिँदा नै होस्, महराको विवादित छवि छताछुल्ल भएको थियो । तैपनि प्रचण्डका लागि महरा नभई नहुने अचम्म लाग्दो छ । कुन केमेस्ट्रीले काम गरेको छ ? राजनीतिको ‘इन्साइड स्टोरी’ कुनै दिन बाहिर आउलान् ।
-कतिपय त, बेइजिङ र दिल्लीलाई एकै पटक डिल गर्न सक्ने ‘डबल डिप्लोमेसी’ महराको सबैभन्दा ठूलो क्षमता मान्छन् । महराको यही कार्यशैली प्रचण्डलाई मन परेको हुन सक्छ ।
-यो सत्य के हो भने महरासँग माओवादी आन्दोलनका महत्वपूर्ण र संवेदनशील सूचना छन् । आर्थिक कारोवारका केही ‘घटना’ पनि जोडिएका छन् । प्रचण्डलाई यी कुराले दबाब बनाइरहेको पनि हुन सक्छ ।
– बेलाबेला प्रचण्डले ‘मदन भण्डारी दुर्घटना प्रकरण र राजदरबार काण्ड दोहोरिने खतरा छ’ भन्छन् । के प्रचण्ड आफ्नैहरूबाट पनि भयभित छन् ?







