नयाँ शक्तिबाट थुप्रै नेता र कायकताहरु पार्टी छोडेर गएपछि बाबुरामले रबीन्द्र मिश्रको विवेकशिल साझासँग एकता गदैछन् ।

डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र रवीन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टीबीच पार्टी एकता हुने भएको छ ।

स्रोतका अनुसार उनीहरु छिट्टै पार्टी एकता गरी आगामी एक वर्षभित्र महाधिवेशन गर्ने रणनीतिमा छन् ।

भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति र मिश्र संयोजक रहेको विवेकशील पार्टीले गत प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित  नतिजा हात पार्न नसकेपछि नयाँ रणनीतिका साथ आगाडी बढ्ने तयारी थालेका छन् ।

स्रोतका अनुसार, चुनावमा अप्रत्यासित जित हासिल गरेपछी एमाले अधिनायकवाद तर्फ अग्रसर भएको आरोप भट्टराईले लगाएका छन्  ।

भट्टराईको भनाई उदृत गर्दै श्रोतले भन्यो; एमालेले प्रतिपक्षलाई कुनैपनि भूमिकामा नराखी आगाडी बढ्न खोजेको छ त्यसैले हामी  एकता गर्छौ र सदनमा नभएपनि सडकबाटै शसक्त प्रतिपक्षको भूमिका हुन्छौ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार