
मार्क्सवादमा विश्वास गर्ने एउटा कम्युनिस्ट पार्टीकाे नेता किन यति धेरै धर्म र रूढीवादमा विश्वास गर्छन् ?
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेलीले एउटा कार्यक्रममा पुँजाअाजा गरेकाे फाेटा सामाजिक संजाल फेसबुकमा निकै भाइरल भएकाे छ ।
तस्बिरमा अाेलीले दुर्इ हात माथि उठाएर पूँजाअाजा गरिरहेकाे देखिन्छ ।
अाेलीकाे साे तस्बीरलार्इ नेकपाका संस्कृतिकर्मी खेम थपलियाले व्यंग्य गरेर ‘मार्क्सवाद स्वाहा ! र जबज अाहा !’ भन्दै स्टाटस लेखेका छन् ।
थपलिया फेसबुकमा अाेलीलार्इ व्यंग्य गर्दै लेख्छन्- ‘माक्र्सवाद स्वाहा ! जवज आहा ! वैज्ञानिक समाजवाद स्वाहा ! सामाजिक दलाल पुँजीवाद आहा ! भौतिकवाद स्वाहा ! अध्यात्मवाद आहा !’







