चीनले चेतावनीपूर्ण भाषामा भनेको छ– ऊ अमेरिकासित ‘व्यापार युद्ध’ चाहँदैन, तर उसको अर्थ व्यवस्थामा कुनै नोक्सानी भयो भने त्यतिखेर ऊ चुप बस्नेछैन । स्टिल र एल्मुनियम आयातमाथि कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि उत्पन्न विवादमा चीनको नेसनल पिपल्स अफ कंग्रेसका प्रवक्ता झाङ येसुईले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपतिले युरोपियन युनियनमा बनेका कारमाथि कर लगाउने व्यवस्थालाई लिएर पनि चेतावनी जारी गरेका छन् । यसअघि ट्रम्पले भनेका थिए– ‘व्यापार युद्ध’ राम्रो हुन्छ । उनको यस कदमको अमेरिकी व्यापारिक साझेदार, आइएमएफ र डब्लुटिओले कडा निन्दा
गरेका छन् ।

के चाहन्छन् ट्रम्प ?

राष्ट्रपति ट्रम्पले भनेका थिए– हाम्रा ‘अत्यन्त मूर्खतापूर्ण’ व्यापारिक सौदाबाजी र नीतिका कारण हरेक वर्ष आठ सय अर्ब डलरको व्यापार घाटा भइरहेको छ । र, उनले यसलाई समाप्त गर्ने प्रण
लिएका थिए ।

बिहीबार उनले भनेका थिए– स्टिल आयातका लागि २५ प्रतिशत र एल्मुनियमका लागि १० प्रतिशत कर लगाइनेछ । यसपछि शनिबार उनले युरोपेली युनियनद्वारा निर्मित कारको विषयमा पनि धम्की दिएका थिए । जनवरीमा उनले सोलार प्यानल र वासिङ मेसिनमाथि कर घोषणा
गरेका थिए ।

अमेरिकाका व्यापारिक साझेदारको भनाइ

चीनका झाङ येसुई यसवेले भनेका छन्– अमेरिका र चीनबीच ‘केही टकराव बाँकी नै रहनेछन् र यो स्वाभाविक विषय हो । दुवै देशबीच पछिल्लो वर्षको व्यापार पाँच सय ८० अर्ब डलरभन्दा माथि पुगेको थियो । तर, चीनले भनेको छ कि यसबाट उसको हितमा चोट पुगेको खण्डमा उसले निश्चित रूपमा कदम उठाउनेछ ।

उता क्यानडाले भनेको छ– यो कर सीमाको दुवैतिरको सम्बन्धमा असर पर्ने कारण बन्न सक्छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– हामीलाई पूर्ण विश्वास छ, हामी क्यानडाका उद्योगहरूको रक्षा गर्न सक्षम हुनेछौँ ।

ट्रम्पको कदमको जवाफमा युरोपेली युनियनका व्यापार प्रमुखले भनेका छन् कि उनी अमेरिकी निर्यातमाथि २५ प्रतिशतको कर लगाउने विषयमा विचार गरिरहेका छन् । अमेरिकाबाट युरोपेली युनियनको आयात करिब साढे तीन अर्ब डलर छ, जसमा लिवाइस जिन्स, हार्ले डेभिडसन मोटरसाइक र बर्बन ह्विस्की सामेल छन् ।

ब्राजिल, मेक्सिको र जापानले भनेका छन् कि राष्ट्रपति ट्रम्पले आफ्नो अघिल्लो साताको योजनालाई अघि बढाए भने उनीहरू यसको जवाफी कदमबारे सोच्नेछन् ।

व्यापार युद्धका लागि ट्रम्पलाई समर्थन ?

कैयौँ रिपब्लिकन नेताले कर प्रस्तावको आवश्यकतालाई लिएर प्रश्न गरेका थिए र राष्ट्रपतिसित यस विषयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । सिनेटर आरिन ह्याचले भनेका थिए कि अमेरिकी नागरिकले यसको भर्पाई गर्नुपर्नेछ । सिनेटर बेन सास १८औँ शताब्दीको संरक्षणवादको नीतिले अमेरिकी परिवारमाथि भार पार्ने विषयमा
सहमत थिए । अमेरिकी मोटर र उपकरण निर्माता संघ जस्ता औद्योगिक एकाइले पनि आफ्नो चिन्ता व्यक्त गरेका छन् । यद्यपि, पेन्सिल्भेनिया र इन्डियानाका स्टिल व्यवसायीले राष्ट्रपति ट्रम्पको यस निर्णयको स्वागत गरेका छन् ।

व्यापार असन्तुलनबारे ट्रम्प ठीक ?

अमेरिका सयभन्दा बढी देशबाट स्टिल आयात गर्छ । र, निर्यातको तुलनामा चारगुना बढी स्टिल विदेशबाट आउँछ । दुई हजारमा अमेरिकी स्टिल उद्योग उत्पादनमा गिरावट र स्टिलकर्मीको संख्यामा आएको कमीका कारण प्रभावित भएको थियो । अमेरिका युरोपेली युनियनका कारका लागि सबैभन्दा ठूलो निर्यात बजार हो । २०१६ मा दुई सय ३७ अर्ब डलरका मोटर कार युनियनबाट अमेरिका निर्यात गरिएका थिए ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी
बिबिसी डट कम/हिन्दीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार