नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरू भएको छ ।

अखिल (क्रान्तिकारी)को आज अर्थात फागुन २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुने २१ औं राष्ट्रिय सम्मेलन सुरू भएको संगठनले जनाएको छ ।

“वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१औं राष्ट्रिय सम्मेलन” मूल नाराका साथ संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन आइतबार बिहान ११ बजे र्याली प्रश्चात कर्मचारी मिलन केन्द्रपछाडि मैदानमा कार्यक्रम भइरहेकोे छ ।

सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरले गरेका छन् ।

सम्मेलनले नयाँ नेतत्व चयन समेत गने संगठनले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार