सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि धरपकड गरेको भन्दै कपिलवस्तुमा हजारौं सर्वसाधारण सडकमा निस्केर वारेन्ट पूर्जी खारेज गर्नु पर्ने भन्दै अान्दाेलनमा निस्केका छन् ।

सडकमा निस्केका हजाराैं जनताले नेकपाका महासचिव विप्लवसहितका नेताहरुलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनु पर्ने नारा लगाउदै सडक तताएका छन् ।

अाइतबार कपिलबस्तुतको जितपुरमा जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत हजाराैं सर्वसाधारण दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर भन्दै सुरु भएको प्रदर्शन सभामा परिणत भएकाे थियाे ।

सभालार्इ नेकपाका पाेलिटव्युराे सदस्य चन्द्रबहादुर चन्द वीरजंगलगायत नेताहरूले सरकारकाे निरंकुश वारेन्ट पूर्जी तत्काल खारेज गर्नु पर्ने बताएका थिए ।

कपिलवस्तुमा उर्लिए हजारौं जनता

कपिलवस्तुमा उर्लिए हजारौं जनता

कपिलवस्तुमा उर्लिए हजारौं जनता

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार