गृहमन्त्री रामबहादुर थापा बादलले भ्रष्ट कर्मचारी, व्यापारी माफियाको सूची मन्त्रालयले बनाइरहेको भन्दै उनीहरूमाथि कठाेर कार्वाही गर्ने भएका छन् ।

देशको अर्थतन्त्र केही भ्रष्ट कर्मचारी र माफियाको हातमा पुगेको भन्दै मन्त्रालयले त्यस्ता व्यक्ति र संस्थाको कालोसूची बनाएर कारवाही थाल्ने बादलले चेतावनी दिएका छन् ।

गृहमन्त्री भएपछिको पहिलो पटक मन्त्रालयमा सञ्चारकर्मीसँग भेटघा गर्दै उनले दैनिक अर्बौको राजस्व चुहावट, हुण्डी र रेमिटेन्स भित्रिन रोक्ने तत्वविरुद्ध सुरक्षा अंगले निर्ममतापूर्वक कारवाही थाल्ने बताए ।

‘देशको अर्थतन्त्र माफियाको हातमा छ। भ्रष्टाचार र कुशासन छ, यसमा को संलग्न छन व्यक्ति र संस्थाको कालोसूची बनाएर अघि बढ्ने हो,’ उनले भने।

गृहमन्त्रालय स्रोतका अनुसार अर्बाैं राजस्व नतिर्ने ब्यापारी, हुण्डी कारोबारी र वैदेशिक रोजगारबाट आउने रेमिटेन्स रोक्ने समूह तथा ब्यक्तिहरु कालोसूचीको पहिलो नम्बरमा छन्। यस्तै त्यस्ता ब्यापारीलाई मिलमतोमा सघाउने सरकारी कर्मचारी र सुरक्षा निकायका अधिकारीको दोस्रो नम्बरमा छ। तेस्रो नम्बरमा बिचौलिया, दलाल र आपराधिक क्रियाकलापबाट कालोधन थुपारेका माफिया र डनहरु छन्।

गृहमन्त्री थापाले गत साता बोलाएको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत यो विषयलाई प्राथमिकता दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार