नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुषालले प्रचण्डले विप्लवलार्इ शान्तिप्रक्रियामा अाएदेखि निरन्तर गृहमन्त्री बन्न प्रस्ताव गरेकाे खुलासा गरेका छन् ।

प्रचण्डबाट अाएकाे गृहमन्त्रीकाे प्रस्तावलार्इ विप्लवले सिधै अस्वीकार गरिदिएकाे समेत नेता भुषालले बताएका छन् ।

कपिलवस्तुमा अायाेजित खुला सभामार्फत नेकपा नेता भुषालले यस्ताे खुलासा गरेका हुन् ।

‘पालुङटारकाे विस्तारित बैठकदेखि प्रचण्डले कमरेड विप्लवलार्इ गृहमन्त्री बन्न प्रस्ताव गरेका हुन्’, नेता भुषालले भने, ‘तर कमरेड विप्लवले त्याे प्रस्तावलार्इ सिधै खारेज गरिदिनु भयाे ।’

कुनै एक व्यक्ति वा पात्रले पूरानाे व्यवस्थाभित्र गएर केही पनि गर्न नसक्ने भन्दै विप्लवले सिंगाे व्यवस्था बदलेर मात्र अाम जनताकाे जीवनमा परिवर्तन अाउने भन्दै सरकारी पदलार्इ अस्वीकार गरेकाे नेता भुषालकाे जिकिर गरेका छन् ।

विप्लव प्रचण्डजस्ताे धाेकेबाज नबन्ने भन्दै नेता भुषालले नेकपाकाे एकीकृत क्रान्तिलार्इ साथ दिन अपिल समेत गरे ।

नेता भुषालले खुला सभामा बाेलेकाे भाषण –

https://www.facebook.com/100010863098343/videos/553466471692118/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार