कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ ।

सोमबार राति ८ः३० बजे मोटरसाइकलमा आएको नचिनेको समूह निवासमै उनलाई गोली प्रहार गरेको  कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो  ।

१०/१२ जनाका संख्यामा आएको नचिनेको समूहले चौधरीको घरमै आएर गोली र खुकुरी प्रहार गरेको प्रहरी प्रमुख घिमिरेले जनाए । चौधरीको टाउकोमा खुकुरी प्रहार र खुट्टामा गोलीको छर्रा लागेको छ ।

उपचारका लागि घोडाघोडी अस्पतालमा पु्र्‍याइएका उनलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मेयर चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चौधरीलाई घोडाघोडीमा केही दिन पहिले भएको बोक्सी काण्डमा दोषीको बचाउ गरेको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार