अन्यायपूर्ण तरिकाले  जेल परेका माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलबाट निकाल्ने तयारी भइरहेकाे बुझिएकाे छ ।

पूर्व सांसद समेत रहेका ढुंगेललाई चाँडोभन्दा चाँडो जेलबाट निकाल्ने प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीसहित नेताहरुले सक्रियता बढाएकाे जनार्इएकाे छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलार्इ सरकारमा पार्टी सहभागी भएपछि ढुंगेललार्इ रिहाइका लागि पहल गर्न दबाब बढेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग ढुंगेलको रिहाईका लागि परामर्श गरेका बतार्इएकाे छ ।

गृहमन्त्री राम बहादुर थापा बादलले पनि सम्बन्धित निकायसँग आवश्यक पहल समेत थालिसकेकाे बुझिएकाे छ ।

ढुंगेललार्इ अन्यापूर्ण तरिकाले पक्राउ गरेपछि विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले शुरूमै कडा रूपमा भर्त्सना गर्दै रिहा गर्न माग गरेकाे थियाे ।

माअाेवादी केन्द्रबाटै नेता राम बहादुर थाप बादल गृहमन्त्र भएकाे बेला रिहा गर्न सक्छन् या सक्दैनन् त्याे भने केही दिन हेर्नेैपर्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार