नेकपा क्रान्तिकारी माओवादीले आफ्ना युवाहरुलाई मकवानपुरको जंगलमा भेला पार्दै राष्ट्रियताका निम्ति लड्न निर्देशन दिएको छ ।

३ प्रदेशका क्रान्तिकारी माओवादीका युवाहरुलाई मकवानपुरको जंगलमा भेला भएका युवाहरुलाई पार्टी महासचिव मोहन वैद्य किरणले यस्ताे निर्देशन दिएका हुन् ।

महासचिव वैद्यले भारतीय विस्तारवादले सीमा मिच्दा देशका ठूला दलका नेताहरू चुइक्क समेत नबाेलेकाे भन्दै त्यही पार्टीका नेताहरू सत्ता बाहिर रहँदा चर्का राष्ट्रवादकाे नारा लगाएकाे बताए ।

‘छपकैयालगायतका स्थानमा भारतीय विस्तारवादले सीमा मिच्दा चुइक्क नबोल्नेले राष्ट्रिय स्वाधीनताको रक्षा गर्छन् ? झण्डै एक करोड नेपाली विदेशिएका छन् । रोजगार दिन सक्छन् ? आयातलाई प्रतिस्थापन गर्न सक्छन् ?’ वैद्यले भने, ‘देशलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सक्छन् ? सक्दैनन् ? प्रधानमन्त्री नहुँदै मोदीसँगको मन्त्रणा, कानेसुखी, स्वराजसँग गरेको कुराहरु के हो ?’

वैद्यले देशमा आर्थिक समृद्धि र स्थायित्वको विकास गर्न भारतसँग गरिएका सन् पचास लगायतका असमान सन्धिसम्झौताहरु खारेज गर्नुपर्ने, मिचिएका भूभागलाई फिर्ता गर्नुपर्ने र त्यसका लागि राष्ट्रियताका संघर्ष अावश्यक भएकाे बताए ।

मकवानपुरको जंगलमा युवाहरुलाई वैद्यकाे निर्देशन

मकवानपुरको जंगलमा युवाहरुलाई वैद्यकाे निर्देशन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार