
घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको गोलीकाण्डमा संलग्न भएकाे अाराेपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ ।
सुख्खडस्थित अाफ्नै घरमा सुतिरहेका कमल क्षेत्री र भरत शाहलाई प्रहरीले राति ३ बजेतिर गिरफ्तार गरेको थियो । त्यसैगरी हृदय बोगटीलाई कैलालीको टिकापुरस्थित घरबाटै गिरफ्तार गरेको हो ।
साे घटनामा अाफ्नाे संलग्नता नरहेकाे भन्दै नेकपा कैलालीले अाफ्नाे गंभीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
नेकपा कैलालीका इन्चार्ज महानले प्रहरीले अाफ्ना तीन नेतालाई प्रहरीले राति घरबाटै गिरफ्तार गरेको घटनाप्रति अापत्ति जनाएका छन् ।
घटनामा अाफ्नाे पार्टीको संलग्नता नरहेकाे र अाफ्ना निर्दोष साथीहरुलाई मध्यरात अपहरणशैलीमा गरिएको गिरफ्तारीप्रति अाफुहरूकाे गंभीर अापत्ति रहेकाे इन्चार्ज महानले बताएका छन् ।
महानले अाफ्ना तीनै जनालाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । मेयर ममताप्रसद चौधरीमाथि सोमबार साँझ उनकै घरमा अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको थियो ।







