पूर्व जनमुक्ति सेना जीवनकुमार बिककी जीवनसाथी धनसरा बिकको अवस्था झन् नाजुक बन्दै गएपछि काठमाडौंको मध्यवानेश्वरस्थित भेनस अस्पतालको अाइसियुबाट भेन्टिलेटरमा लगिएको छ ।

अार्थिक अभावकै कारण अावश्यक औषधिको प्रयोग गर्न नसक्दा धनसरालाई झन झन बिरामले च्याप्दै लगेको छ । केही दिनदेखि अाइसियुमा उपचार भइरहेको थियो भने मंगलबार रातिबाट भेन्टिलेटरमा राखिएको अस्पतालले जानकारी दिएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार अाइसियु र भेन्टिलेटरमा राखेपनि अावश्यक औषधि नभएका कारण सोँचेजस्तो सुधार भएको छैन ।
अस्पतालमै रहेका जीवनकुमार बिकले अाफूसँग भएको सबै रकम सकिएकोले अावश्यक समान र औषधि खरिद गर्न नसकेको बताए ।
बिकले अहिलेसम्म देश-जनता र समाजकै अाफू रात दिन लागेको तर श्रीमतीको उपचार गर्न नसक्दा खिन्नता महशुस भएको बताएका छन् । अाफूले चिनेको सबै नेताहरुको घरमा पुग्दा पनि कसैले सहयोग नगरेको गुनासो गरे । उनले सहयोगको लागि सबैसँग अाग्रह गरेका छन् ।
सानै उमेर जनयुद्धमा पूर्णकालिन हुँदै लामो समयसम्म जनमुक्ति सेनामा रहेर धेरै मोर्चामा लडेका जीवन कुमार बिककी श्रीमति धनसराको अार्थिक अभावकै कारण लामो समयदेखि उपचार गर्न सकेका छैनन् ।







