नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालको शान्तिपूर्ण प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

यही फागुन २८ गते सो पार्टीका महासचिब कमरेड मोहन बैद्यले उद्घाटन गर्नुभएको सो प्रशिक्षण कार्यक्रम मूलत: राजनीतिक तथा शारीरिक तन्दुरुस्तीमा केन्द्रित रहेको भए पनि  केन्द्रमा रामबहादुर थापा ‘बादल” को नेतृत्त्वमा रहेको गृह प्रशासनको मकवानपुर प्रशासनले शान्तिपूर्ण किसिमले भइरहेको  प्रशिक्षण कार्यक्रममाथि  हस्तक्षेप गरेको छ ।

यसै सन्दर्भमा आज  प्रहरी हस्तक्षेपको विरोधमा सो पार्टीका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज दिनेश  शर्मा ‘सागर” ले प्रेसवक्तव्य प्रकाशित गर्दै  ”वर्तमान दलाल प्रतिक्रियावादी सत्ताले प्रहरीमार्फत दमनपूर्ण हस्तक्षेप गर्ने कुचेष्टा गरेको छ ,सामाजिक फाँसिवादी केपी वली सरकारको कम्युनिस्ट मुखुण्डो उदाङ्गो भएको छ ” विज्ञेप्ती भनेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार