प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेपछि प्रचन्ड थप तनावमा परेका छन् ।
वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद राजपालाई दिने ओलीको प्रस्तावलाई प्रचण्डले समर्थन गरेका छैनन् ।
प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार प्रचण्ड वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडानमा छन् ।
यसअघि ओली–प्रचण्डबीच उपराष्ट्रपतिबारे सहमति भएपनि राजपालाई सरकारमा सहभागी गारउन ओलीले अध्यक्ष ठाकुरलाई यस्तो प्रस्ताव गरेका हुन् ।







