
नेपाल कम्युनिस्ट पार्टीले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू हुनुमा केही मात्रामा प्राविधिक कारण भए पनि मुख्यत पूरानाे दलाल संसदीय व्यवस्था भएकाे बताएकाे छ ।
नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले अाज एक विज्ञेप्ती जारी गर्दै यस्ताे कुरा अाैल्याएका हुन् ।
प्रवक्ता खड्क बहादुर विश्वकर्माद्धारा जारी प्रेस विज्ञेप्तीमा राज्यकाे वैज्ञानिक र व्यवहारिक नीति नहुनुकाे कारणले नेपालका थुप्रै पटक विमान दुर्घटना हुने गरेकाे उल्लेख छ ।
देशकाे मूल कुरा राज्य प्रणाली ठीक नभएपछि उसले बनाएका कुनै पनि संरचनाहरू ठीक नहुने भन्दै प्रवक्ता प्रकाण्डले पहिलाे कुरा देशमा राज्य प्रणाली सही र वैज्ञानिक भएमात्रै अरू सबै कुरा ठीक हुने दाबी गरेका छन् ।
प्रवक्ता प्रकाण्डले राज्य प्रणालीलार्इ वैज्ञानिक समाजवादमा ढालेर अघि बढेमात्र अरू सबै कुराहरू हल भएर जाने विज्ञेप्तीमा उल्लेख गरेका छन् ।
विमान दुर्घटनामा मृत्यु हुने र घाइतेहरूप्रति नेकपाले गहिराे संवेदना र सहानुभूति व्यक्त गरेकाे छ।
प्रवक्ताद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :








