जनयुद्धकालमा जनवादी विवाह गरेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य एवं पूर्वसभासद रेणु चन्दले दोस्रो विवाह गरेकी छिन्।

माओवादी केन्द्र नेता एवं कञ्चनपुरबाट निर्वाचित पूर्व सभासद टेकेन्द्र भट्टसँग काठमाडौं जिल्ला अदालतमा ६ वर्षअघि सम्बन्ध विच्छेद गरेकी चन्दले सोमबार काठमाडौंनिवासी चिरण मानन्धरसँग दोस्रो विहे गरेकी हुन्।

रेणु चन्दसँग पहिलो श्रीमानबाट एक छोरी समेत छिन्।

मानन्धर माओवादी केन्द्र निकट लेखक हुन्। क्षेत्रपाटीस्थित एक होटलमा जनवादी परम्पराअनुसारको सामान्य विवाह भएको चन्द निकट स्रोतले बतायो।

चन्दको विहेमा माओवादी केन्द्रका केन्द्रीय नेता कार्यकर्ता उपस्थित भएर बधाई तथा शुभकामना दिएका थिए। अध्यक्ष पुष्पकमल दाहाललाई निम्ता गरिएपनि उनी उपस्थित भएनन् ।

बैतडी घर भएकी रेणु चन्दले जनयुद्धकालमै भट्टसँग जनवादी विहे गरेकी थिइन्।

व्यक्तिगत जीवनमा असमझदारी बढेको भन्दै अलग्गिएका चन्द र भट्ट पहिलो संविधानसभामा सभासद थिए। २०६४ को निर्वाचनमा भट्ट कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए भने चन्दलाई पार्टीले बैतडी २ बाट समानुपातिक सभासद बनाएको थियो। उता भट्टले पनि यसअघि नै दोस्रो विहे गरिसकेका छन्।

भट्टसँग ८ वर्ष लामो सहकार्य तोड्दै सम्बन्ध विच्छेद गर्दा रेणुले परिवारबाट राजनीति नगर्न दबाब आएपछि असमझदारी भई अलग भएको प्रतिक्रिया दिएकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार