अार्थिक रुपले भ्रष्ट, नैतिक रुपले पतित र सामाजिक रुपले बहिस्कृत कैलालीको घाेडाघाेडी नगरपालिकाकाे मेयर ममता चाैधरीमाथि जनताले गरेकाे कार्वाहीकाे बिषयलाई लिएर दलाल केपी अाेलीकाे सरकारकाे गृह प्रशासनले हाम्रो पार्टीका कैलाली जिल्ला सचिव गणेश ढकाल लगाएतका जिल्ला नेताहरुकाे घर खान तलासी गर्ने तथा हाम्रो पार्टीका जिल्ला नेताहरु कमल क्षेत्री(पबित्र), हृदय बाेगटी, भरत शाह र पुरन खनाललाई रातिको समयमा घरमै सुतिरहेको अबस्थामा गिरफ्तार गर्नुकाे साथै पार्टीका अन्य नेता कार्यकर्ताको घरघरमा गएर अातंकित पार्ने गरेको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

भ्रष्ट मेयर ममता प्रसाद चाैधरीले यहीँ फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पतित भाेले बाबा भन्ने रामबहादुर चाैधरी र उसको रखैल पार्वती भन्ने स्मारिका चाैधरी लगायतकाे जत्थाले कथित बाेक्सीकाे अाराेपमा अन्तर्राष्ट्रिय समुदायलाई समेत स्तब्ध हुने गरी ११ कक्षामा पढ्ने छात्रा राधा चाैधरी माथि गरिएको कुटपिट र ज्यादतीकाे संरक्षण र पक्षपाेषण गरेकाे कुरा त स्थानीय र राष्ट्रिय मिडियामा समेत अाईसकेकाे विषय हाे । त्यति मात्रै नभएर उनले अाफुले चुनावमा खर्च गरेको ६० लाख असुल गर्ने भन्दै नगरपालिकाकाे बजेटमा अनियमितता गर्ने, नगरपालिकाकाे याेजना र ठेक्कापट्टाहरुमा अाफ्ना नातागोता भर्ति गर्ने , नगरपालिकाकाे गाडी र पेट्रोलमा अनियमितता गर्ने, कसैले विराेध गरेमा सत्ता र शक्तिको धम्की दिने, कथित बाेक्सी केसका अभियाेगी राम बहादुर र पार्वती चाैधरीलाई छुटाउन सुख्खड ईप्रकाका सई दिनेश बिष्टलाई बाध्य पारी हाल निलम्बनकाे अवस्थामा पुर्याएकाे, नगरपालिका क्षेत्र भित्रका तालतलैया र कृषि सम्बन्धका लाभान्वित क्षेत्रमा अाफ्ना नातागोता राख्ने गरेको लगायतका थुप्रै गलत कृयाकलाप गरेकाे कुराकाे सिकायत स्थानीय जनताले गर्नुका साथै उनले गरेको भ्रष्टाचार र अनियमितताकाे फेहरिस्त स्थानीय र राष्ट्रिय संचार मिडियामा समेत अाईसकेकाे छ ।

यस्ता प्रकारकाे गैरराजनीतिक व्यवहार प्रदर्शन गर्ने भ्रष्ट तत्वलाई राज्यले कार्वाही गर्नुकाे सट्टा सुरक्षा दिईरहेकाे कुरा अाम जनतामा प्रष्ट नै छ । यसकै सजायस्वरुप निज भ्रष्ट मेयर ममताप्रसाद चाैधरीलाई जनताले प्रतिराेधी कार्वाही गरेका हुन् तर त्यसको बदलामा दलाल राज्यको पुलिस प्रशासन जाे त्यसखाले भ्रष्ट तत्वहरुबाट अाफै प्रताडित छ,ले अाज हाम्रो पार्टीका निर्दाेष कार्यकर्तालाई गिरफ्तार गर्ने, यातना दिने र झुठ्ठा मुद्दा लगाउने खेलमा लागेकाे छ । यसकाे हामी घाेर निन्दा र भर्त्सना गर्छाैं । सुन्निएकाे छ हाम्रा गिरफ्तार साथीहरुलाई चरम यातना दिईरहेकाे छ । मानवअधिकारकर्मी र संचारकर्मी मित्रहरुलाई हाम्रो अाग्रह छ तपाईहरु यसको अनुगमन गरिदिनुहाेस् । राज्यकाे पुलिस प्रशासनलाई पनि हाम्रो अाग्रह छ जागिर खाने नाममा क्रान्तिकारी पार्टीमाथि नै दमन गर्ने प्रकारले नअाउनुस् र हाम्रो अान्दोलन र क्रान्तिले सबैभन्दा बढी फाईदा र मुक्ति नेपालकाे सुरक्षा निकायलाई नै दिने छ ।

कथित जनविराेधी कानुनकाे बलमा यदि राज्य दमनकारी ढंगले नै अायाे भने हामी त्यसको प्रतिवाद गर्न तयार नै छाै । यसमा हाम्रो स्थानीय पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरु काेही पनि हताेतशाही नहुनु हाेला र यदि पुलिस प्रशासनले ज्यादती नै गरेर अायाे भने त्यसको शसक्त प्रतिकार गर्ने तयारीमा रहन निर्देशन गरिन्छ । अन्तमा भ्रष्ट, असामाजिक र जनविरोधी तत्वहरुलाई निरुत्साहित र निर्मुल पार्न सम्पुर्ण न्यायप्रेमी जनसमुदाहरुले साथ दिनु हाेला । हाम्रो पार्टी सदावहार जनताको साथमा रहने छ । याे भ्रष्ट ममता प्रसाद चाैधरीमाथि जनताले प्रतिरोधात्मक कार्वाही गरेका हुन् । यस्ता भ्रष्टाचारी र जनबिराेधीहरुलाई जनताले अझै निरन्तर कार्वाही गर्दै जानेछन् । तर दिनभरी धनगढीमा जनपरिषदकाे कार्यक्रममा बसेर बेलुका घर फर्किएर घरमै सुतेका हाम्रो पार्टीका निर्दाेष कार्यकर्तालाई याे राज्यले कायरतापुर्वक गिरफ्तार गरेको छ र त्याे गिरफ्तारी काे क्रम बढाईरहेकाे छ ।

त्यसकारण यसमा हाम्रो पार्टीलाई साेलाेडाेले मुछेर दमन नगर्न, गिरफ्तार साथीहरूलाई रिहाइ गर्न र भ्रष्टहरुकाे संरक्षणमा राज्यको सुरक्षानिकायलाई प्रयोग नगर्न सम्बधित पक्षलाई हार्दिक अाहुवान गर्दछौं । यदि यसलाई बेवास्ता गरि दमन र धरपकडलाई निरन्तर अगाडि बढाउदै गएमा हामी त्यसकाे प्रतिराेध गर्न बाध्य हुनेछौं । त्यसबाट उत्पन्न परिस्थितिकाे जिम्मेवार स्वयं दलाल सरकार नै हुनु पर्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार