विश्व प्रसिद्ध वैज्ञानिक एवं भाैतिकशास्त्री स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।

ब्ल्याक होल र रिलेटिभिटिलगायत थुप्रै भाैतिक विज्ञानमा गहिरो अध्ययन गरेका वैज्ञानीक हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । सन् १९४२ जनवरी ८ मा इंग्ल्याण्डको अक्फोर्डमा हकिङको जन्म भएको थियो ।
प्रध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको ७६ वर्षको उमेरमा भएकाे निधनबारे उनको परिवारले विज्ञप्ति निकालेर जानकारी दिएकाे हाे ।
हकिङका छोरा छोरी लुसी रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुखी छौँ । उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झिरहनेछ ।’
हकिङको परिवारले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा क्याक्ब्रीजको आफ्नै घरमा उनको निधन गएको बताइएको छ ।
ब्ल्याक होल र रिलेटिभिटी सिद्धान्तमा ठूलो योगदान गरेका हकिङले प्रध्यापनसँगै थुप्रै पुस्तकसमेत लेखेका छन् ।







