माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमाथि हमला सुरु भएको भन्दै त्यसप्रति गम्भीर बन्नु पने बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेशसभाका सांसदहरुको सम्मानमा आयोजना गरेको चियापानमा बोल्दै अध्यक्ष प्रचण्डले जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दैगर्दा श्रृंखलाबद्ध हमला गम्भीर कुरा भएको बताए ।

‘जनप्रतिनिधिमाथि हमला शुरु भएको छ, कैलालीमा, भैरहवामा एकजना व्यवसायीमाथि फेरि हमला भयो,’ प्रचण्डले भने, ‘ठाउँ ठाउँमा जनप्रतिनिधिमाथि हमला गर्ने योजनाको कुरा हामीले सुनेका छौं, जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दैगर्दा श्रृंखलाबद्ध हमलाको योजना गम्भीर कुरा हो ।’

वाम गठबन्धनमा अन्तरविरोध सिर्जना गर्न नियोजित रुपमा गलत प्रचार भएको भन्दै प्रचण्डले १० वर्षअघि एउटा सन्दर्भमा आफूले बोलेका कुराहरुलाई अहिले सामाजिक सन्जालमा भाइरल बनाइएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार