नेपाल कम्युनिस्ट पाटी निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् ।
दाङमा हालै सम्पन्न अखिल क्रान्तिकारीको सम्मेलनले ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन दाङको घोराहीमा फागुन २७ गतेदेखि शुरु भएको थियो ।







