नेकपा निकट जिल्ला जनपरिषद मोरङले जिल्लाका स्थानीय तह खाली गर्न पत्रमार्फत चेतावनी दिएको छ ।

बुधबार जिल्ला जनपरिषद मोरङका प्रमुख मिसायलले हस्ताक्षर गरेको पत्रमार्फत मोरङको केराबारी गाँउपालिकाको कार्यकारी अधिकृतलाई सम्बोधन  गरेर स्थानीय तह खाली गर्न चेतावनी दिएका हुन् ।

पत्रमा चैत ४ गते सम्ममा स्थानीय तह खाली गर्दै कुनै पनि काम कारबाही नगर्नका लागि जनप्रतिनिधि र कर्मचारीलाई पत्र गरिएको छ ।

पार्टीको तीन महिने एकीकृत जनजागरण अभियान अन्तर्गत जनपरिषद् नेपालले गाउँ, नगर र महानगरपालिकाले बृद्धि गरेको स्थानीय कर, विकास बजेटको नाममा गरिएको अनियमितता, अपचलन, स्थानीय स्रोत परिचालनमा दुरुपयोग, भेदभावमुलक बजेट परिचालन, भ्रष्टाचारजन्य गतिविधीका विरुद्ध सम्झौताहिन प्रतिरोध अगाडि बढाइएको पठाइएको पत्रमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार