
नेपाल कम्युनिस्ट पार्टी निकट अखलि क्रान्तिकारीले निजी विद्यालयले शिक्षालार्इ व्यापार र लुटकाे अखडा बनाएकाे भन्दै ती स्कुललार्इ अाक्रमणकाे मुख्य निशाना बनाउने भएकाे भएकाे छ ।
नवनिर्वाचित अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष चिरन्जीवि ढकालले सम्मेलनपछि संगठनकाे अाधिकारिक धारणा सार्वजनिक गर्न अायाेजित पत्रकार सम्मेलनमा यस्ताे जानकारी दिएका हुन् ।
अहिलेको अवैज्ञानिक पाठ्यक्रमका कारण शिक्षालाई मानव जीवनको सहजीकरण र सामाजिकीकरण गर्न नसकिएकाले वैज्ञानिक शिक्षाको आवश्यकतामा संगठनले जोड दिएकाे छ । शिक्षामा देखिएको द्धैत शिक्षा प्रणाली, शिक्षा क्षेत्रमा सरकारको कम लगानी, राज्यको गैर जिम्मेवारीपनाका कारण सरकारी विद्यालयको गुणस्तरियता दिनप्रतिदिन खस्कीरहेको भन्दै शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधानका लागि आफूहरुले राष्ट्रिय सम्मेलनमा गहन छलफल गरी सरकारी शिक्षालाई गुणस्तर बनाउन मुख्य ऐजेण्डाको रुपमा लिएको उनले जानकारी समेत गराए ।
राजनैतिक समस्या समाधान नगरी शैक्षिक क्षेत्रका समस्या समाधान नहुने भएकाले अबको विद्यार्थीहरुको भूमिका वैज्ञानिक शिक्षा र सुदृढ संगठन निर्माणमा रहने बताए ।
२१ औं राष्ट्रिय सम्मेलन फागुन २७ देखि ३० गतेसम्म भव्यतापूर्वक सम्पन्न भएको र सम्मेलनलाई सफल पार्न सहयोग गर्ने नेकपा राप्ती, नेकपा दाङ, अखिल (क्रान्तिकारी) राप्ती ब्यूरो समन्वय समिति लगायत सम्पूर्णमा कार्यक्रममा वितरित एक विज्ञप्ती जारी हार्दिक धन्यवाद समेत ज्ञापन गरिएको छ ।







