
SANYO DIGITAL CAMERA
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा विभिन्न पार्टीमा रहेका सांस्कृतिकर्मीहरू प्रवेश गरेका छन् ।
शनिबार काठमाडौंमा भएको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घ, केन्द्रीय समितिको संयुक्त आयोजनामा वृहत् ‘जनसांस्कृतिक सम्मिलन’ कार्यक्रमबाट नयाँ तथा पुरानो पुस्ताका क्रियाशील चलचित्रकर्मीहरू प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा संजोग राणा, पार्वती कार्की, सम्राट बस्नेत, गणेश मल्ल ठकुरी, अर्जुन भुषाल, संजय थापा, सुरची लामिछाने, करुणा लामिछाने, अनुराग ठकुरी, रोर्वटसिंह पौडेल, केशव भट्टराई, गणेश साउद, सुमन चिनारा, डम्बर विक, विश्व घिसिङ, दिलीप श्रेष्ठलगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’ले अबिर लगाएर स्वागत गरेका छन् ।
राईले नवप्रवेशीहरुलाई स्वागत गर्दै आफ्नो पार्टी नेकपाले अघि वढाएको एकीकृत जनक्रान्तिको माध्ययबाट स्थापना हुने वैज्ञानिक समाजवादी ब्यवस्थामा मात्र चलचित्र कर्मीहरुका वास्तविक हक अघिकारहरुको सम्बोधन हुने बताए ।
संघर्षको कार्यक्रम घोषणा गरेर अगाडि बढिरहेको बेला महासङ्घको गतिविधिप्रति आकर्षित हुँदै दर्जनौं चलचित्रकर्मीहरु जनसांस्कृतिक महासङ्घमा प्रवेश गर्नेको लर्को लागेका छन् ।







