अनलाइनडबली संवाददाता ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य पदम राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड ढोंगी नेता भएको बताउँदै संयुक्त सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् ।

संसदीय व्यवस्था जनता विरोधी हुने भएकोले राम्रो गर्छु भन्नु दिउँसै सपना देख्नुजस्तै भएको दाबी गर्दै राईले भने, “केपी र प्रचण्ड ढोंगी नेता हुन् । उनीहरुले जनताको पक्षमा काम गर्नु त गर्दैनन् नै, उनीहरुले चाहेपनि पाँच वर्षसम्म माखो समेत मार्न सक्ने छैनन् ।”

शनिबार संवाद डबलीमा नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ र अखिल नेपाल क्रान्तिकारी चलचित्रक संघले अायोजना गरेको ‘जनसांस्कृतिक सम्मिलन’ कार्यक्रममा बोल्दै नेता राईले नेकपा एमाले र माओवादी केन्द्रमा खराबहरुको बहुमत भएकोले बताए ।

“एमाले र माकेभित्र इमान्दार नेता–कार्यकर्त पनि छन् तर उनीहरु कम छन्, डाँका र बदमासहरुको संख्या धेरै छन् । त्यसैले ओली र प्रचण्ड डाँकाहरुका नेता हुन्, जनताको पक्षमा काम गर्दैनन्” राईले भने ।

पुर्वमन्त्री समेत रहेका राईले संसदीय व्यवस्थाले जनताको पक्षमा काम नगर्ने कुरा पुष्टि भइसकेकोले आफ्नो पार्टी वैज्ञानिक समाजवादको लागि संघर्षको थालनी गरेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार