
क्रान्तिकारी पत्रकार संगठन नेपाल, रोल्पाको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलनबाट ३ जना पछि थप्ने गरी दीपेश पराइ विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
संगठनकाे उपाध्यक्षमा दाना केसी, सचिवमा हर्क घर्ती निर्वाचित भएका छन् भने कमान पीएम सहसचिव र चित्र झाँक्री काेषाध्यक्षमा चुनिएका छन्। ६
सदस्यमा क्रमशः डी.के. रोका, जीतबहादुर घर्ती, केशव पुनमगर, हरीमाया महरा, सन्तोष हरदम मगर, गणेश विष्ट, मुना बुढाथोकी, संस्कृति वि.क महादेवी पुरी रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एकवटा अनलाइन पत्रिका सञ्चालनको लागि प्रक्रिया चाल्ने, नयाँ वर्षको भित्ते पात्रो प्रकाशन गर्ने र संगठनको सल्लाहकारमा महेश न्यौपाने र भरत नेपालीलाई मनोनित गर्नुका साथै सम्मेलनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावलाई धन्यवाद दिने निर्णय गरेको छ ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीको विशेष उपस्थितिमा भएको उद्घाटन सत्रमा सुनिल स्मृति गाउँपालिका ४ नं वडाका अध्यक्ष गन्ज क्षेत्री र क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश डुम्रेको विशेष आतिथ्यता रहेकाे थियाे।
सम्मेलनमा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष वालकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्ष महेश न्यौपाने, प्रेस चौतारी रोल्पाका अध्यक्ष जीवन कुवर, प्रेस युनियन रोल्पाका सचिव लोकेन्द्र चन्द, प्रगतिशील पत्रकार संघ रोल्पाकि प्रतिनिधि प्रतिभा सुनारले सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।
सचिव हर्क घर्तीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष भरत नेपालीले स्वागत गर्नुभएको थियो ।







