सुप्रिम कमान्डर कमरेड अभिवादन !

हामी विगत लामो समयदेखि फरक विचार र वैकल्पिक विचार नेतृत्व राखेकै कारण हामी पार्टीभित्र सायाद प्रतिपक्षजस्तो भएर भूमिका निर्वाह गयौं । त्यो कम्युनिस्ट पार्टीभित्रको लोकतान्त्रिक जनवाद थियो होला । तर दुःखको कुरा कमरेड, विगतमा पनि हामीलाई हरेक हिसाबमा भित्तामा पुर्याइयो, हामी अन्यायमा परेका थियौँ ।

हामीलाई भित्तामा पुर्याउनुको कारण अहिलेसम्म पनि भेटाइएको छैन । हामीले पार्टीभित्र फरक मत राख्नु गलत थियो ? त्यही हो जनवादको अभ्यास र प्रयोग ? कम्युनिस्ट सचेत प्रणाली भएकोले कहिले कहीँ नेताहरुका लगत हर्कतको विरोध गरे हौंला तर माओवादी आन्दोनलमा हाम्रो पनि रगत र पसिना बगेको कारण अन्धभक्त नहुनु हाम्रो अधिकार हो । ‘जो सोझो उसैको मुखमा घोचे’ भएपछि हामीले फरक मत राखेका थियौँ ।

अध्यक्ष कमरेड, तपाईँले आफू सच्चिएको भनेपछि हामी पुनः ध्रुवीकरण आएका थियौं । हामी सानो गुट ल्याएर फर्केका थिएनौं । हाम्रो ध्रुवीकरण राजनीतिक र सांगठानिक दुबै दृष्टिले अर्थपूर्ण थियो । यसको हिसाब किताब तपाईँले पनि गर्नु भयो होला जस्तो लाग्थ्यो र लागिरहेको छ । ध्रुवीकरणपछि चुनावमा परेको प्रभावको पनि मूल्यांकन भएकै हुनुपर्छ ।

अध्यक्ष कमरेड, सरकारमा र समावेशीतामा धोका पाइयो । त्यसैगरी समानुपातिमा, मनोनितमा पनि धोका भयो । कमरेड यो धोका खेल कहिलेसम्म चल्ने हो ? यो धोकासँगै कमरेड देवेन्द्र पौडेल सरकारमा अटाउन नसक्नुको कारण के ? अयोग्यता वा तपाईँका अनइच्छा ? तपाईँका नजरमा उनी पुरानै अनुहार मात्र किन घुमिरहन्छन् ? नयाँ पात्रलाई सक्षम नदेख्नु र नेताहरुको घुर्की र धम्कीको अगाडि झुक्नु तपाईँको कमजोरी हो । के पौडेलले त्यो नगरेकै कारण तपाईँले असक्षम देख्नु भएको हो ? यदि हो भने तपाईँ फेरि पनि सच्चिनु भएको छैन भन्ने पुष्टि हुन्छ । पुरानै पात्र पटक पटक दोहोरिनु पर्ने तर पौडेल किन तपाईँको सूचीमा परेनन् । योग्यता र क्षमता नाप्ने तराजु के हो तपाईँको ? त्यो हामीले पनि जान्न पाउँ । जनताको भारी मत, विचार, संगठन र क्रियशिलताको सबै हिसाबले पनि देवेन्द्र अरु भन्दा कम हुनुहुन्न ।

२०७० को निर्वाचनमा पार्टीलाई हराउन बम हान्नेदेखि कांग्रेस–एमालेलाई पैसामा भोट बेचेको थिएनौं । कमरेड देवेन्द्र पौडलेले तपाईँलाई ‘रअ’ एजेन्ट भन्नु भएको थिएन । त्यही असक्षमता ? विभाजनपछि देवेन्द्र कमरेडले त्यही भन्नु पर्ने थियो ? तपाईँले पार्टीमा फर्किनु र माओवादी आन्दोलनको रक्षाको लागि आवाहन गर्नु भयो र कमरेड देवेन्द्रले पनि त्यसलाई समर्थन गर्नुभयो । बाबुराम एक्लै राखेर देवेन्द्र पौडेलको नेतृत्वमा ठूलो शक्ति पुनः माकेमै फर्कियौं । त्यति बेला तपाईँले म पनि सच्चिन्छु र साथीहरु पनि भनेर नै हामीले ध्रुवीकरणको नेतृत्व गरेका हौँ । देवेन्द्र पौडेल फर्किँदा कत्रो शक्ति ल्याएका थिए त्यसको पनि मूल्यांकन गर्नुपर्ने होइन र ?

अध्यक्ष कमरेड, पुरानै पाराले अब चल्दैन । यो कुरामा तपाईँ पनि ध्रुवीकरण भन्दा पहिला सहमत हुनुहुन्थ्यो तर यति चाँडो भुलिसक्नु भयो र ? तपाईँले आम नेता–कार्यकर्तामाथि न्याय गर्नुपर्छ । फेरि पनि कसैलाई काख र कसैलाई पाख गर्ने पुरानै रोग पार्टीमा संक्रमण हुने त होइन ? यो गम्भीर प्रश्न अगाडि आएको छ । कमरेड देवेन्द्रलगायतका युवा नेताहरुलाई वाम ध्रुवीकरणको नेतृत्व दिनुपर्छ ।

अध्यक्ष कमरेड, अब त तपाईँ वाम सिंगो वाम आन्दोनलको नेतृत्व गर्ने जिम्मा तपाईँको काँधमा आएको छ । अब तपाईँले विगतका गल्ती कमजोरीहरु सच्याउनु पर्छ र अन्य सबै नेताहरुले आ–आफ्ना कमजोरीहरुलाई त्याग्न जरुरी छ । अपेक्षा गरेजस्तो पार्टीमा न्याय नभएको देख्दा प्रवेशमा रहेर पार्टीकै लागि योगदान गरिरहेका क्रान्तिकारी नेता पंक्तिलाई चिन्ता बढेको छ ।

ड्‍युटीमा जाने बेला भयो, हस्त अहिलेलाई बिदा ! बाँकी अर्को पत्रमा ।

उही बीबि खराल, पोलिट्ब्युरो सदस्य, नेकपा माओवादी केन्द्र, हाल कतार

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार