नेपाल कम्युनिस्ट पार्टीकाे अाफ्नै सत्ता रहेकाे जिल्ला जनपरिषद  रौतहटले जिल्लाका सम्पुर्ण जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन  समयसीमा ताेकेकाे छ ।

जिल्ला जनपरिषद प्रमुख जमानसिंह वाईवाले एक विज्ञप्ति जारी गर्दै त्यस्तो अल्टिमेटम दिएका हुन् ।

जारी विज्ञप्तिमा भनेका छन् ‘हाम्रोे जनपरिषदले यो सम्पूर्ण प्रकृयालाई खारेज गरेर अघि बढिरहेको सन्दर्भमा तपाईंले यो पुरानो संसदीय सत्ताको कथित जनप्रतिनिधीबाट तत्काल राजिनामा दिई वैज्ञानिक समाजवाद स्थापनार्थ संचालन हुने एकीकृत जनक्रान्तिमा सामेल हुन हार्दिक अपील गर्न चाहन्छौं । अन्यथा : विनर्मताका साथ अनुरोध गर्न चाहन्छौ कि, दलाल / सामाजिक दलाल पुँजीवादी सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्र्ने सन्दर्भमा उत्पन्न हुने परिवेशको जिम्मेवार पनि स्वयम् तपाई हुनु पर्ने कुरा स्वतह : छ ।’

दलाल सत्ताकाे जुनसुकै चुनाैति प्रतिवाद गर्न अाफुहरू तयार रहेकाे साेही विज्ञेप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार