
पुनगर्ठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले प्रचण्ड एमालेमा विलय हुन पुगेर ठुलाे गल्ती गरेकाे भन्दै कालान्तरमा उनले ठूलाे पश्चताप गर्ने बताएका छन् ।
एमाले नामकाे अवसरवादी पार्टीले अाफ्नाे नेता महासचिव मदन भण्डारीलार्इ त्रिशुलीमा खसाल्नेहरूले एकदिन प्रचण्डलार्इ पनि त्यसैगरी ठीक पार्ने किरातीकाे दाबी छ ।
बाह्रखरी नामकाे अनलाइनसँगकाे कुराकानीमा किरातीले एमाले र माकेकाे समाजवाद नेपालमा असफल हुने बताएका छन् ।
किरातीले भनेका छन् –
-“प्रचण्डलाई २१ औं शताब्दिको लेनिन बनाउने भनेर हामी लाग्यौं । तर, अहिले आएर टाट्रस्की पनि बन्ने नसक्ने अवस्थामा पुग्नुभयो । उहाँले एमालेसँग बहस गर्न जाने भन्दै हुनुहुन्थो । अब माओवाद छाडेपछि केमा बहस गर्ने ? त्यो बहसले के निकाल्ने ? आफ्नो महासचिव मदन भण्डारीलाई त लगेर त्रिशूलीमा खसाल्नेहरुले प्रचण्डलाई गरिखान देलान् र भनेर हामीले पत्याउन सकेनौं । त्यसकारण हामी गएनौं ।”
-”प्रचण्डले महलबाट पार्टी चलाउन खोज्नुभयो, अन्तिममा सक्नुभएन । हामी सडकबाट पार्टी चलाउँछौं, किनकि सडकमा जनता हुन्छन्,”
– “ओली र प्रचण्डले मुलुकमा समृद्धि र समाजवाद ल्याउने भन्नुभएको छ, तर उहाँहरुबाट सम्भव छैन, २–४ वर्षपछि नेपाली जनताले ओली–प्रचण्डको समाजवाद र स्थिरता पनि देखियो बोलको गीत गाउनुपर्छ ।”







