
नेपाल कम्युनिस्ट पार्टीकाे राेल्पा जनसरकारले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको ज्वाई एवं रोल्पा नगरपालिकाको प्रमुख पूर्ण केसीलाई आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ ।
नगरप्रमुख केसीको कार्यकक्षमै पुगेर नेकपाका जनसरकारका प्रतिनिधिहरूले सिंगो राष्ट्र लुट्ने काममा सहभागी नहुन उनलार्इ राजिनामा पत्र थमाएकाे हाे ।
‘अहंकार, अराजकता, छलकपट, अन्याय, बेथिति, अपारदर्शी एवं अन्योलता सिर्जना गर्ने तपाईंको शासनको आयु लामो हुँदैन’ पत्रमा उल्लेख छ ।
‘जनता अभाव खप्न सक्छन, अपमान सहन सक्दैनन् त्यसैले अपमानबाट निष्केको आक्रोश भयानक हुनसक्छ । त्यसबेला पश्चाताप गरेर बस्नुबाहेक कुनै उपाय बाँकी रहने छैन ।’रोल्पामा सभामुख महराका ज्वाइँ केसीलाई राजिनामा दिन नेकपाले दियो चेतावनी, नदिए कार्वाही गरिने पत्रमा भनिएकाे छ ।
वैज्ञानिक समाजवादको आधार तयार भएको दावी गर्दै जनपरिषद् रोल्पाले चाँडै राजीनामा गरेर जनताको सरकारलाई सहयोग गर्न आग्रह गर्नुका साथै उक्त आग्रहलाई बेवास्ता गरे सम्पूर्ण परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।








