नेपाल कम्युनिस्ट पार्टी, काठमाडौंले चैत ४ गते रातो पार्टी अनलाइनमा छापिएको समाचारको खण्डन गरेको छ ।
“१५ लाख नदिए घर उदाइदिन्छु भन्ने विप्लवको मान्छे प्रहरी फन्दामा”मा शिर्षकमा “१५ लाख नदिए छोरा अपहरण गर्ने र बम हानेर घर उडाउने धम्की” सुरज शाहले दिएको समाचार छापिएको थियो ।
नेकपाले उक्त समाचार पूर्णरुपले भ्रामक भएको र उक्त व्यक्ति आफ्नो पार्टीको कुनै संगठनमा नरहेको पनि जानकारी गराएको छ ।
नेकपा काठमाडौंकी जिल्ला सेक्रेटरी कमरेड भृकुटीले एक प्रेस विज्ञप्ति निकालेर खण्डन गरेकी छिन् ।
“उक्त व्यक्ति हाम्रो पार्टीको कुनै संगठनमा नभएको र जिल्ला पार्टीको पत्र पनि आधिकारिक नभएको हाम्रो पार्टीलाई दलाल संसदीय व्यवस्थाका मतियारहरुले बदनाम गराउन रचिएको षड्यन्त्र हो ।” विज्ञेप्तीमा उल्लेख छ, “उक्त षड्यन्त्रको पार्टीले घोर भत्र्सना गर्दछ साथै, आगामी दिनमा यस्ता षड्यन्त्रको भ्रममा नपर्न आम जनसमुदायमा अनुरोध गरिन्छ ।”
विज्ञेप्तीकाे पूरा पाठ –








