नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्जसहित संखुवासभा,धनकुटा र तेह्रथुम जिल्लाका इन्चार्ज सेक्रेटरीलाई प्रहरीले एकै ठाउँबाट गिरफ्तार गरेको छ ।

सोमबार साँझ धनकुटाको हिलेबाट उनीहरुलाई गिरफ्तार गरेको नेकपाका पोलिट्ब्यूरो सदस्य पदम राईले जानकारी दिएका छन् ।

राईका अनुसार कोशी ब्यूरो इन्चार्ज निशान राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी तह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बुलाई पार्टीको कामको सिलसिलामा राति १० बजेतिर गिरफ्तार गरेको हो ।

सामान्य भेटघाटको क्रममा नेताहरुलाई एकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेता राईले अापत्ति जनाउँदै रिहाईको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार