नेकपा क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरणले केपी अाेली र प्रचण्डलार्इ झापा अान्दाेलन र जनयुद्धका इतिहासमाथि टेकेर क्रान्तिकै घाँटी रेटेकाे भन्दै अब उनीहरूले झापा विद्रोह र जनयुद्धको इतिहासको कुरा गर्ने अधिकार गुमाइसकेको बताए ।

काभ्रेको अनेकोटमा आयोजित साँस्कृतिक प्रतिरोध दिवसलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले यस्ताे बताएका हुन् ।

झापा विद्रोहमाथि गद्दारी गर्ने ओलीहरु र दशवर्षे जनयुद्धमाथि गद्दारी गर्ने प्रचण्डहरु एउटै कित्तामा पुगेको भन्दै महासचिव किरणकाे गंभीर अाराेप थियाे ।

‘झापा विद्रोह र दशवर्षे जनयुद्धमाथि नै गद्दारी गर्नेहरुलाई त्यो महान इतिहासको कुरा गर्ने अधिकार छैन । झापा विद्रोह र जनयुद्धको उत्तराधिकारी उनीहरु हुन सक्तैनन् । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु हुन्, सच्चा उत्तराधिकारी हामीहरु हौं ।’ वैद्यले कार्यक्रममा भने ।

जनयुद्धमाथि धोका र गद्दारी गरेर मरणासन्न अवस्थामा पुगेको संसदीय व्यवस्थालाई पुनर्जीवित गराउनेहरुले नै जनवादी क्रान्ति पूरा भएको भनेर भ्रम छर्ने गरेको भन्दै महासचिव किरणकाे दाबी थियाे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार