नेपाल कम्युनिस्ट पार्टीले माेरङमा ठूलाे क्षेत्रमा रहेकाे विवादित जग्गा कब्जा गरेकाे छ ।

नेकपाकाे जनपरिषद् (जनसत्ता) माेरङले विराटनगर महानगरपालिका ७ र ८ मा रहेको सुकदेव अमातको कित्ता नं. ५८५२, विनिता शर्मा, जानुका उप्रेतीको कित्ता नं. ५८५४ र प्रेमप्रसाद खरेल, टीकाराम रेग्मीकोे नाममा रहेको कित्ता नं. ५८५५ को विवादित सबै जग्गा कब्जा गरेको छ ।

जनसत्ताले देशव्यापी रूपमा संसदीय व्यवस्थाका सम्पूर्ण तहका जनप्रतिनिधिहरूलाई राजीनामा माग गर्दै सङ्घर्ष गरिरहेको बेला सोमबार मोरङले यस्तो कारबाही गरेको हो ।

माेरङ जनसरकारले विवाद नमिलुन्जेल सबै जग्गा बिक्रीवितरण गर्न रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार