Baburam Bhattarai addressing naya shakti

माओवादी अध्यक्ष प्रचण्डले पटकपटक माओवादीमा फर्कन आग्रह गरिरहेका बेला नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टराईले पार्टीमा फर्कन त के कार्यगत एकता समेत हुन नसक्ने बताएका छन् ।

चितवनमा पार्टीको प्रदेश ३ र ४ को संयुक्त कार्यक्रममा हुन चितवन आएका नेता भट्टराइलाई सञ्चारकर्मीहरुले पार्टी र्फकन प्रचण्डले गरेको आग्रहबारे सोधिरहँदा यस्ताे जबाफ दिएका हुन् ।

भट्टराईले पूर्वसहकर्मी प्रचण्ड सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उनका कुरामा थप टिप्पणी गर्नुको औचित्य नभएको बताए ।

भट्टरार्इले भने, ‘पार्टीको कार्यगत एकता त सम्भव छैन, पार्टी एकता त धेरैं परको कुरा भयो ।’ सांसद समेत रहेका भट्टराईले देश र जनहितमा सरकारले गर्ने हरेक काममा आफ्नो पार्टीको समर्थन रहने बताए ।

‘सरकारका गलत कामको हामी विरोध गर्छौं’ उनले भने, ‘पार्टीले प्रतिपक्षमा बसेर सरकारलाई सचेत पार्ने काम गर्छ ।’

उनले बहुमत हुँदाहुँदै पनि धेरै पार्टी सहभागी गरेर सरकार निर्माण गर्न खोज्नु लोकतन्त्रको हितमा नहुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार