नेपाल कम्युनिस्ट पार्टी रामेछापले अाफ्नै स्कुलकी किशारी विद्यार्थीलार्इ बलात्कार गर्ने प्रधानाध्यापक गाेविन्द खत्रीलार्इ कालाेमाेसाे दलेर कार्वाही गरेकाे छ ।
कक्षा ८ मा अध्ययनरत १४ वर्षीया आफ्नै छात्रालार्इ बलात्कार गर्ने प्रधानाध्यापक खत्रीलाई नेकपाले कारबाही गरेको हाे । बुधबार बिहान रामेछाप जिल्लामा रहेको श्री जनजागृती उमाविका खत्रीलाई कालोमोसो लगाई भौतिक कारबाही गरिएको छ ।
खत्रिले विद्यालयमा व्यापक अनियमिता, भ्रष्टाचार, मनपरीतन्त्र गरेको, आर्थिक चलखेलद्वारा अदालतलाईसमेत प्रभावमा पारी सफाई लिई अपराधलाई धाकछोप गरी आफू निर्दोष रहेको डङ्का पिट्ने गरेका थिए ।
साथै उनले सिंगाे समाजको समेत मानमर्दन गरेको, अथित अदालतको सफाईपछि पनि छात्रालाई गाउँभन्दा अन्यतत्र राखी लगातार यौन शोषण गरेकोलगायत कुकृति गरेकाे पर्दाफास भएकाे छ ।
यी फर्दाफास भएपछि नेकपाले कार्वाही गरेकाे स्थानीयहरूले बताएका छन् ।








